बैबाहिक जीवनमा बाँधिए फिल्म निर्देशक सुदर्शन र टिभी होस्ट सुप्रिया

काठमाडौं- फिल्म निर्देशक सुदर्शन थापा र टेलिभिजन होस्ट सुप्रिया कट्वालबीच आज विहे भएको छ । भदौको २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका हुन् । आज काठमाडौंको एक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर बैबाहिक समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो ।

यसपछि, सुदर्शन र सुप्रियाले स्वयंभरको औठी साटेका छन् । करिब एक बर्ष लामो प्रेम सम्बन्धलाई सुदर्शन र सुप्रियाले बैबाहिक जीवनमा परिवर्तन गरेका हुन् । चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचिच क्षेत्रमा उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।