साम्राज्ञी अभिनित माया पिरेम बोलको गीत बजारमा

काठमाडौं- सम्राज्ञी राज्यलक्ष्मी शाह र अलिशा अभिनित माया पिरम बोलको गीत सार्वजनिक भएको छ । गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको गीत ट्री इन्टरटेन्मेन्ट नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।  साम्राज्ञी राज्यलक्ष्मी शाह, अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको मुख्य भूमिकामा तयार भएको ‘माया पिरेम’ बोलको गीतको भिडियोलाई माइकलले निर्देशन गरेका हुन् । सोही  गीतको भिडियोमा सिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोेबाट दुई नयाँ कलाकार देलविस र राजले संभावना देखाएका छन् । यी दुई कलाकार चाडै नै चलचित्र क्षेत्रमा पनि डेब्यू गर्ने तयारीमा छन् । भिडियोमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ ।