भुवन केसीको पनि युटुब च्यानल

काठमाडौं- पछिल्लो केही वर्षदेखि नेपालमा युटुब प्रचारको मात्र होइन, आम्दानीको पनि राम्रो माध्यम बनिरहेको छ । सामाजिक सञ्जालमा सक्रिय रहेका नेपाली चलचित्रका कलाकारहरू युट्युबमा पनि उस्तै सक्रिय रूपमा प्रस्तुत हुन थाले । अहिले नेपाली कलाकारहरू पनि युटुब च्यानलमा उत्तिकै सक्रिय छन् । नायिका करिश्मा मानन्धर देखी प्रियङ्का कार्की सम्मले आफनै युटुब च्यानलबाट विभिन्न चिजहरू प्रस्तुत गरिरहेका छन् । त्यस्तै नायक भुवन केसीले पनि आफनै युटुब च्यानल दर्शक माझ ल्याउने भएका छन् । काजल सुपर फिल्मले अब युटव च्यानल सञ्चालनमा ल्याउने भएको हो ।

 

काजल सुपर फिल्म ब्यानर नेपालमा एक बलियो र प्रसिद्ध छ । विगत लामो समय देखी काजल सुपर फिल्मलाई म्यानेज गर्दै आएका नीराजन गिरी सँगै सहकार्य गरेर युटुब च्यानल खोल्न लागेका हुन् । सोही युटुब च्यानलको कार्यकारी निर्मातामा जिया केसी रहने छिन् भने इडिटिङ र क्यामेरा म्यानको भूमिकामा नीराजन पन्त रहने छन् । युटुब च्यानलको पहिलो प्रोमो काजल फिल्मले यही शुक्रवार रिलिज गर्ने भएको छ । दर्शकलाई फरकपन र नयाँपन दिन र दर्शकमाझ अझै नजिक हुन सोही युटुब च्यानलको भूमिका रहेको जनाइएको छ ।