नायक पल शाहले गरे बिरामी कुरुवा घरलाई एक लाख सहयोग

काठमाडौँ – नायक पल साहले निर्माणाधीन बिरामी कुरुवा घरलाई एक लाख  सहयोग गरेका छन् । गुहेश्वरीस्थित निर्माणस्थलमै पुगेर नायक शाहले अक्षररुपी एकलाख रुपैयाँ हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विमल पन्त सहित बब्लु गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

नायक तथा मोडल पल शाह पछिल्लो समय सामाजिक काममा निकै सक्रिय देखिएका छन्।   विपन्न वर्गका समुदायको सहजीकरणको लागी पशुपति क्षेत्र नजिकै गुह्येश्वरी विभिन्न देश विदेशमा रहेका मनकारीको सहयोगमा  बिरामी कुरुवा घर बनिरहेको छ।  विपन्न तथा असहाय परिवारको मानिसहरू काठमाडौँ उपत्यकामा महँगो  भाडा तिरेर बस्नु नपरोस् भनेर उपचारमा पैसाको अभाव हुँदा कतिपयको ज्यान समेत भएको भन्दै भवन बनाउन लागिएको हो ।