गायिका प्रविशा प्रेमी निर्माणसँग मंसिरमा बिहे गर्दै

काठमाडौं- गायिका प्रविशा अधिकारीको गायकीको जति चर्चा हुन्छ, उति नै सौन्दर्यको प्रशंसा पनि । उनलाई रुचाउने डाइहार्ट फ्यानहरु प्रशस्तै छन् । यस्तोमा, गायिका अधिकारी अब सिंगलबाट मिंगल हुन लागेको खबर बाहिरिएको छ । प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । प्रविशा र निर्माणको भेट भने भएको छैन ।

अमेरिकामा रहँदै आएका निर्माणसँग प्रविशाको कुरा हुन थालेको ३ महिना भयो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले वुझेर निर्णय लिने जवाफ दिएकी थिइन् । निर्माणको घर पनि झापा नै हुन् भने प्रविशा नै झापाली हुन् । आफ्नो सामाजिक संजाल टाइमलाइनमा प्रविशाको म्युजिक भिडिओ सेयर गर्दै निर्माणले उनको प्रशंसा गरेका छन् । अब वैवाहिक जीवनलाई अघि बढाउने मुडमा प्रविशा छिन् । अहिले उनी द भ्वाइस अफ नेपालको किड्स संस्करणको जजमा उनी व्यस्त छिन् । उनी, बिहे गरेर जीवनलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् ।