‘जार’फिल्मको टिजर सार्वजनिक

काठमाडौं- इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जार’मा आधारित फिल्म सोही नामको फिल्मको टिजर सार्वजनिक भएको छ । सिक्किममा पूर्णतया सुटिङ गरिएको फिल्ममा गीताञ्जली थापा, सौगात मल्ल र अनुपविक्रम शाही मुख्य भूमिकामा रहेका छन् । टिजरमा गीताञ्जलीलाई पाउन संघर्ष गर्ने सौगात र अनुपको चरित्रलाई प्रस्तुत गरिएको छ ।

इन्द्रबहादुर राईले नेपालमा प्रचलनमा रहेको यही प्रथालाई लिएर लेखेको कथामा आधारित रहेर फुर्वा छिरिङ लामाले ‘जार’ बनाएका हुन् । टिजरले गीताञ्जली, सौगात र अनुपविक्रम शाहीबीचको द्वन्द्धलाई प्रस्तुत गरेको छ ।