कक्षा ११-१२ मा सङ्गीत र नृत्यको औपचारिक शिक्षा सुरु

 

सङ्गीत लोक संस्कृतिकै प्रमुख अङ्ग हो । सङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो । यो एकपछि अर्कोमा मौखिक रूपमा हस्तान्तरिक हुने गर्दछ । लोकगीतका रचनाकार पाइदैनन् । यो समाजको गीत हो । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ । नारदले स्वर्गका गन्दर्भ, किन्नर तथा अप्सरालाई सङगीत शिक्षा दिए । यसरी नै भरत, नारद, हनुमान आदि ऋषि संङ्गीतकलामा पारङ्गत भई भू—लोक ९पृथ्वी०मा संगीतकलाको प्रचारकोलागि अवतरित भए । ७ गन्दर्भलाई गाउने, किन्नरलाई बजाउने र अप्सरालाई नाच्ने पात्रको रूपमा स्थापित गरी शिक्षा दिक्षा दिइएको स्पष्ट हुन आउछ । यसरी सङ्गीतलाई पारिभाषिक रूपमा अध्ययन गर्दा उत्पत्तिदेखिनै गायन, बादन र नृत्यलाई एउटै संङ्गीतको रूपमा प्रारम्भ भएको स्पष्ट हुन्छ ।

संगीत रत्नाकरका अनुसार गीतं वाद्यं तथा त्रयं सङ्गीतं मुच्यते अर्थात गायन, बादन र नृत्यको संगमलाई सङ्गीत भनिन्छ । गायन, वादन र नृत्य यी तीन कुराको समष्टि रुपनै सङ्गीत हो । नृत्य को पहिलो पुरातात्विक प्रमाण भारत मा ढ हजार वर्ष पुरानो गुफा चित्रहरु बाट आउँछ। संरचित नृत्य को प्रारम्भिक प्रयोगहरु मध्ये एक धार्मिक समारोहहरु कि प्राचीन मिथकहरु र देवताहरु को कथाहरु लाई बताईएको थियो। विगत १२ वर्ष देखि सङ्गीत अध्यापन गराउँदै आएको नेपाल सङ्गीत विद्यालयले सामान्य धार तर्फको कक्षा ११/१२ मा सङ्गीत र नृत्यको औपचारिक शिक्षा सुरु गरेको छ। नेपाल सङ्गीत विद्यालय ट्रस्ट द्वारा सञ्चालित यस विद्यालयले नेपाली गीत( सङ्गीत र नृत्यलाई स्तरीय, व्यावसायिक र मर्यादित बनाउने उद्देश्य आत्मसात् गरेको प्राचार्य शिशिर उप्रेतीले बताए। नेपाल सङ्गीत विद्यालय कलासम्बन्धी विषयहरू अध्यन अध्यापन गराउने शिक्षण संस्था हो।

सङ्गीतका प्रशिक्षक तथा अध्येता इमान विक्रम शाहको अनुसार – गीत, सङ्गीत र नृत्य कलात्मक मात्र नभएर प्राविधिक विषय पनि हो। यस अर्थमा सम्बन्धित सिप र ज्ञानको अध्ययन आवश्यक रहेको प्रिन्सिपल उप्रेतीले बताए । यी विषयहरूमा धेरै विद्यार्थी इच्छुक भए पनि अध्ययनमा चाहिँ त्यति महत्त्व नदिएको कारणले अपेक्षाकृत रूपमा नेपाली सङ्गीत र नृत्यको विकास हुन नसकेको हो । ‘अनौपचारिक सङ्गीत केही समय सिक्ने र दक्षता हासिल नगरी स्टुडियोमा गायन तथा बाध्य वादन रेकड गराउन कुदि हाल्ने प्रवृत्ति हाबी छ जुन व्यावसायिक सङ्गीत र नृत्यको विकासमा ठुलो बाधक भएको प्रशिक्षक मदन गोपाल बताउँछन् ।’

प्राचार्य शिशिर उप्रेतीका अनुसार गायन र वाद्यवादन दुवै विषयहरूमा विद्यार्थीको चाख भएको तर रेकर्डिङ र मिक्सिङमा पनि चाख जगाउने प्रयत्न भई रहेको छ। यी हेला गरिएका तर सम्भावना धेरै बोकेका पाटाहरू हुन। यसको सन्तुलित अध्ययनले सङ्गीतलाई सशक्त बनाउँछ।

सङ्गीत र नृत्यमा आफ्नो भविष्य खोजिरहेका विद्यार्थी र अभिभावकलाई ढुक्क भएर आफ्ना बच्चाहरूको इच्छा अनुसार कक्षा ११ मा भर्ना हुन उप्रेतीले अनुरोध गर्दै अध्यापन पश्चात् पनि स्कुलले विद्यार्थीको लागि आवश्यक प्रबन्ध मिलाउने जानकारी गराए। अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला, दक्ष प्रशिक्षक र सुविधा सम्पन्न पूर्वाधार रहेको स्कुलमा न्यूनतम शुल्क रहेको छ। यस विद्यालयले अनौपचारिक शिक्षा तर्फ ३ महिने र ६ महिने तबला, गिटार, ड्रम, सारङ्गी, भोकल, नृत्य, कोवोर्डको इस्टर्न र वेसटर्न कक्षाहरू सञ्चालन गरिरहेको छ।