रहेनन् गायक अमृत भण्डारी

नेपाली सङ्गीत क्षेत्रमा गायन तथा सङ्गीतकारको रूपमा सक्रिय रहेका गायक अमृत भण्डारीको निधन भएको छ दर्जनौँ उत्कृष्ट गीतमा आफ्नो वजनदार आवाजले लाखौँ असली संगीतप्रेमीहरुको मनमा बस्न सफल स्वगायक भण्डारीका दर्जनौँ जीवन्त गीतहरू श्रोता दर्शकहरूको मन जित्न सफल रहेका छन् । कहाँ छौँ कहाँ , मायाका सबै तारहरू, मिठो सरगम , एउटा पाइलो, तिम्रो निम्ति , आउँदै गर्नु यादहरूमा, बिर्सु भन्छु आदि स्व. गायक भण्डारीका सदाबहार साङ्गीतिक कृतीहरू हुन ।

साधनले खारिएको ओजिलो आवाज अनि कालजयी सङ्गीतका अनुयायी भण्डारीको मृत्युले नेपाली सङ्गीत क्षेत्र अनि नेपाली सङ्गीत प्रेमीहरूलाई निकै क्षति पुगेको छ । सुपारी म्युजिक , एभरेस्ट ग्यालरी तथा गोल्डेन कृयसनले आयोजना गरेको स्व। गायक अमृत भण्डारीको श्रद्धाञ्जली सभामा बोल्दै प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठले स्वगायक भण्डारीको योगदान र उनको साधनबारे प्रकाश पार्दै भावुक भए आधा दर्जन भिडियोमा अभिनय गरेका स्व. गायक भण्डारीका प्रिय मोडल सनम कठायत निकै बेर भक्कानिए र उनीसंग काम गर्दाका अनुभव बताए । सुपारी म्युजिकका प्रबन्ध निर्देशक तथा लोकप्रिय गायक राजेन्द्र कडेलले अमृत भण्डारीको सहज अनि मिलनसार व्यक्तित्वको चर्चा गरे । स्व। गायक भण्डारीकै म्युजिक भिडियोबाट निर्देशन यात्रा थालेका पछिल्लो समयका व्यस्त निर्देशक प्रकाश धितालले आफ्नो जीवनको विशेष व्यक्ति भन्दै सम्झिए ।