परीक्षा तयारीमा करिश्मा मानन्धर

नेपाली फिल्म क्षेत्रकी एकदमै चर्चित सफल अभिनेत्री करिश्मा मानन्धर यतिबेला भने स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएपछि उनी सबै काम छोडेर परीक्षाको तयारीमा लागेकी छन् । करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेर्ने बताएकी छन् । ‘रोकिएको कक्षा १२ को परीक्षा फेरि सुरु हुँदैछ’ करिश्माले भनिन्– ‘यो पटक एकदिन पनि स्कुल गएकी छैन , त्यसैले राम्रोसँग पढ्न भ्याएको छैन ।’ अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले सुनाइन् ।

करिश्माले भनिन् ‘परीक्षा सकिएपछि मात्र अन्य काममा समय दिन्छु ।’ अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको तर असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी करिश्माले बताएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् ।