निर्देशक सुदर्शन र समाचार वाचिका सुप्रियाले गरे इन्गेजमेन्ट

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा  र सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले औँठी साटासाट  गरेका छन् । रेडिसन होटेलमा यी दुईले इन्गेजमेन्ट गरेका हुन् ।

लामो समय देखीको प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । निर्देशक सुदर्शन थापाले फिल्म ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका थुप्रै सफल फिल्म दिइसकेका छन् ।

सुप्रिया नायिका तथा समाचार बाचिका पनि हुन् । एपी वान् टेलिभिजनमा कार्यरत रहेकी सुप्रियाले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरी सकेकी छिन् । सुप्रिया र सुदर्शनको इन्गेजमेन्टमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटी पनि उपस्थित थिए ।