‘घिन्ताङ’को छायांकन आउँदोे सातादेखि

 

निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ‘घिन्ताङ’को छायांकन भदौ २६ गतेबाट सुरु हुने भएको छ । वैशाखबाट नै सुरु हुन लागेको चलचित्रको छायांकन निषेधाज्ञाका कारण रोकिएको थियो । तर, जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि दीपक टिम लिएर फ्लोरमा निस्कन लागेको हुन् । यो चलचित्रमा केकी अधिकारी र गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् ।

चलचित्रकोे काम रोकिएपछि दीपक म्यूजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् । उनले, निर्देशन गरेको ‘जोेड घटाउ’ बोेलको गीतको भिडियो सार्वजनिक भैसकेको छ । दीपकले नायक पुष्प खड्कालाई लिएर अर्को एक गीतको म्युजिक भिडियो पोखरामा खिचेका छन् । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश एक गीतको भिडियोे २ दिन लगाएर पोखरामा खिचिएको दीपकले बताए ।