हास्य कलाकार दमन रुपाखेतीलाई पितृशोक

हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै आकस्मिक निधन भएको हो । मृतक रुपाखेतीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कलाकार उत्तम केसीले जानकारी दिए । मृतक रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । उनले गोत्रबारे पुस्तक समेत लेखेका छन् ।

थुप्रै टेलिसिरियल, केही चलचित्र, गाईजात्रा कार्यक्रम, म्युजिक भिडियोमा काम गरेका दमन पछिल्लो समय हास्य टेलिसिरियलमा सक्रिय छन् । कलाकार रुपाखेती हाल मिडिया हबको प्रस्तुतिमा रहेको चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ निर्देशन गरिरहेका छन्।