गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मस्तिष्कघातका कारण बेहोस भएपछि बयोधा अस्पतालमा भर्ना भएका टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको हो । बुधबार ट्विटरमार्फत नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर स्थितिमा उपचाररत जनवादी गायक टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ‚’ उनले लेखेका छन् ।