‘डाँडाको वरपीपल’ पुनः छायाङ्कनमा

निर्देशक शोभित बस्नेतको ३१औँ निर्देशकीय चलचित्र पुनस् छायांकन सुरु भएको छ । चलचित्र ‘डाँडाको वरपीपल’ धादिङको धार्केबाट भदौ ७ बाट छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको चलचित्र धादिङपछि काठमाडौँ र चित्लाङमा खिचिनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उत्तम केसी, सङ्गम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी रहनेछ ।

रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखियारएलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन छ ।