केन्द्र मोसन पिक्चर्ससँग २० लाखमा एक बर्षको संझौता गर्दै गायक एकदेव लिम्बू

‘आँखामा आउने सपनी’, ‘शिरफूल –२’, ‘तिम्रो मुटुमा’, ‘सिउँदो’लगायत गीतका गायक एकदेव लिम्बूले केन्द्र मोसन पिक्चर्ससँग एक वर्षका लागि २० लाख पारिश्रमिकमा सम्झौता गर्ने भएका छन्। नेपाली सांगीतिक बजारमा पछिल्लो केही समयमा नै केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ । ‘फुलबुट्ट सारी, टाढा भएपनि, आँखमा आउने सपनी’ लगायतका गीत सार्वजनिक गरेपछि केन्द्र मोशनको चर्चा चुलिएको हो । केन्द्र मोशनले नायक पल शाह र नायिका मलिका महत्तसँग ६ वटा म्यूजिक भिडियोका लागि संझौता गरिसकेको छ ।

लिम्बूले ल्याउने एक बर्षमा एकदेवले ५ वटा गीत सार्वजनिक गर्नेछन् । गीतको तयारीका लागि केन्द्रले एकदेवलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै, आम्दानीबाट पनि एकदेवले केही शेयर पाउनेछन् । केन्द्र मोशनले एकदेवसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेको छ ।