कोरियन अभिनेत्री किम मिन क्यूंगको निधन

 

सोल(अमर उजाला), दक्षिण कोरियाकी प्रख्यात अभिनेत्री किम मिन क्यूंगको ६१ वर्षको उमेरमा निधन भएको छ । उनको के कारणले निधन भएको हो भन्ने कुरा खुलेको छैन ।

किमले सन् १९७९ बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् । उनले डेब्यू फिल्मबाटै लोकप्रियता पाएकी थिइन् । सन् १९८१ मा उनले ‘कोरिया थिएटर फेस्टिभल’मा ‘बेस्ट न्यूकमर अवार्ड’ जितेकी थिइन् ।

यसपछि उनी कैयौं टेलिफिल्म र फिल्ममा देखिइन् । उनी विगत चार दशकदेखि दर्शकलाई अभिनय मनोरञ्जन दिँदै आएकी थिइन् ।

उनी अभिनित फिल्म ‘तज्जा’, ‘समवन बिहाइण्ड यू’, ‘ह्वेय द ट्रुथ लाइज’ जस्ता फिल्म हिट साबित भएका थिए । यसबाहेक ‘द मून इमब्रेसिङ द सन’, ‘ह्वेन कमिला ब्लूम्स’, ‘द फ्लावर इन प्रिजन’ जस्ता टेलिफिल्म रुचाइएका थिए ।

उनी पछिल्लोपटक ‘माउस’ र ‘ए गुड सपर’मा देखिएकी थिइन् । उनका दुई फिल्म रिलिजको तयारीमा छन् ।