आशिका तामाङलाई पुत्री लाभ
‘खसिनी दिदी’ नामले परिचित आशिका तामाङलाई पुत्री लाभ भएको छ । चलचित्र ‘सुश्री’ कि निर्माता तथा अभिनेत्री तामाङले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
उनले छोरीको नाम आना राखेकी छन् । सामाजिक सञ्जालमा छोरीसहितको तस्बिर सार्वजनिक गर्दै छोरी जन्माउन ठूलै तपस्या गर्नुपर्ने लेखेकी छन् ।
पछिल्लो समय विदेशमा बसेर आशिका फाउन्डेसनमार्फत उनले समाजसेवा गरिरहेकी छन् । खसीरखसिनी भनेर विवादित बनेकी उनले यस अघि पनि छोरालाई जन्म दिएकी थिइन् ।
प्रतिक्रिया