म्युजिक भिडियो रिलिज कार्यक्रममा पुजाको रुवाबासी, आकाश हेरेको हेरै

अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको सम्बन्ध चिसिएको एक महिना नै भइक्यो । एक टेलिभिजन पत्रकारसँग आकाश श्रेष्ठ राहत बाँड्न मेलल्ची पुगेपछि उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

किनभने ति टेलिभिजन पत्रकारसँग पुजा शर्माकोसम्बन्ध गत वर्षको लकडाउनमा लिएको एक अन्तरवार्तामा टुटेको थियो । एकदम मिल्ने साथी मानेको आकाश ति पत्रकारसँग मेलम्ची पुगेपछि यि दुइबीचको सम्बन्ध चिसिएको हो । उनीहरुको सम्बन्ध चिसिएपछि दुइलाई मिलाउने प्रयास धेरैबाट भइरहेको नै छ । केहि दिन अघि एक गीतको छायांकनका लागि संगीतकार अर्जुन पोखरेलले पनि मिलाएका थिए ।

धेरैले उनीहरुबीचको सम्बन्ध पहिले कै जस्तो रुपमा देख्न पाइयो भनेर हर्षित भएका थिए । तर ति नै अर्जुन पोखरेलको गीतको म्युजिक भिडियोमा आएका आकाश र पुजा शर्माबीचको रुवाबासीले सबैलाई चकित पारिदियो । रियल जोडीको कुरा गर्दा अभिनेत्री पुजा शर्मा कार्यक्रममा ग्वाँ ग्वाँ रोइदिइन् । उपस्थित भएका युटुवे पत्रकारका लागि यो भन्दा अर्को मसला के नै हुनसक्छ र । कार्यक्रमबीचको रुवाबासी सार्वजनिक भएपछि दुवैका फ्यानहरु निराश भएका छन् । कतिले मिलेदेखि हुन्थ्यो भन्ने सुझाव दिएका छन् भने कतिपयले आकाशलाई दोष लगाएका छन् ।
तर, कार्यक्रममा उपस्थित भएका सबै दर्शक तथा पत्रकारलाई पनि पुजाको रुवाईले भावुक चाही बनाएको थियो है । पुजा रुदा आकाश भने निकै निराश देखिन्थेँ । केहि दिन अघि अभिनेत्री प्रियंका कार्की र पुजा शर्माबीचको कुराकानीमा आफ्नो जीवनमा अरु कोही आएको छ तर, आकाश होइन भनेपछि किन यत्रो रुवाबासी नै मच्चाउनु ? कि कसो ।