कालोचस्मा लगाए रोपाँइमा रमाएका दीपाश्री र स्वस्तिमा (फोटो फिचर)

आज असार १५ गते देशभर धान दिवस मनाइँदै छ । २०६१ सलको सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । असार १५लाई नेपालीहरुले उत्सवका रुपमा लिने गरेका छन् ।

आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तस नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढी छ ।

नेपाली फिल्म क्षेत्रका कलाकारहरु पनि धान दिवसको अवसरमा विभिन्न स्थानमा पुगेर रोपाँइमा रमाइरहेका छन् ।

यस्तैमा निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले भक्तपुरमा पुगेर रोपाँई गर्दै धुमधामका साथ मनाए ।

दीपाश्री र स्वस्तिमाले रोपाँईमा दुबैले चश्मा लगाए र रमाइलो गरेका हुन् । उनीहरू भक्तपुरमा रास्ट्रिय युवा संघ नेपालले आयोजना गरेको असार १५ विशेष कार्यक्रममा धान रोप्न पुगेका थिए । उनी लगायत अन्य थुप्रै कलाकारहरुको सहभागी रहेको देख्न सकिन्छ ।

‘अहिलेको पुस्ता मध्ये धेरैलाई चामल सोझै बोरामा आउँछ भन्ने सोच छ । यसैले, अहिलेको पुस्तालाई चामलका लागि निकै दुःख गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामी रोपाँई महोत्सवमा सहभागी भएको दीपाश्रीले बताइन ।

स्वस्तिमाले भने मरो पहिलो पटक हो रमाइलो भयो प्रतिक्रिया दिएकी थिइन ।