फुलपातीमा ‘समर लभ’ रिलिज हुदैँ

दसैँको फुलपातीको अवसर पारेर फिल्म ‘समर लभ ’ प्रदर्शन हुने भएको छ । सुबिन भट्टराईद्धारा लिखित उपन्यास ‘समर लभ’ लाई आधार निर्माण गरिएको फिल्म ‘समर लभ’ यही फूलपातीबाट डिसहोमबाट रिलिज ह्न लागेको हो ।


मुस्कान ढकालले निर्देशन गरेको फिल्म सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको छ । फिल्म ‘समर लभ ’ गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत छ ।