अभिनेत्री ऋचा शर्माको प्रधानमन्त्रीलाई खुलापत्र, महिला राष्ट्रपति भएको देशमा बलात्कार सामान्य छ ?

अभिनेत्री ऋचा शर्माले सरकारले बलात्कारजस्तो जघन्य अपराधलाई हल्का रुपमा लिएको भन्दै प्रधानमनत्ती केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन् ।

बलात्कारको घटना दैनिक बढ्दै जाँदा बालिका, किशोरी एवं महिलाको सुरक्षा बारे प्रश्न उठिरहेका छन्। सेलिब्रेटीदेखि आम मानिस सामाजिक सञ्जालमा वहस गरिरहेका छन्।

खुला पत्र लेख्दै ऋचाले भोलिको दिनमा आफ्नो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक पत्र सार्वजनि गर्दै उनले यो देशमा नारीहरु सुरक्षित छन? भनि प्रश्न गरेकी छिन्।

साना बालिकाहरुमाथि हुने यौन हिंसाका घटनामा कडा कानुन आवश्यक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा खुला पत्र लेखेकी छिन।

अभिनेत्री एवं फिल्म निर्माता ऋचा शर्माले फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालमा महिलाहरू सुरक्षित नभएको बताएकी छिन्। राष्ट्रपति महिला भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानून कार्यान्वयन गर्नुपर्ने निकायहरूले सामान्य ढङ्गमा लिएको देख्दा आफू अझै सीताले अग्नि परिक्षा दिएको युगमा भएको महसुस गरेको बताएकी छिन्।

उनले लेखेकी छिन्,’यो ठाउँमा छोरी जन्माउन सुरक्षित छैन। छोरा जन्माउन पनि डर लागेको छ। जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थिति हुर्किने पीर पर्न थालेको छ।‘

पत्रमा उनले नेपालीहरू प्रविधिको हिसाबले विकसित भए पनि सोंचले पिछडिएको बताएकी छिन्। प्रधानमन्त्रीलाई जनताको नभए पनि एकचोटी परिवारका छोरी/नातिनीको सुरक्षा बारे सोच्न आग्रह गरेकी छिन्।

जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कारजस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्निपरीक्षा दिएको युगमै छौँ झैँ लाग्छ ।

ऋचा सामाजिक सञ्जालमा सक्रिय छिन् र सामाजिक मुद्धाहरूमा आफ्नो धारणा राख्छिन्। हालै स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै अनशनरत् डाक्डर गोविन्द केसीको समर्थनमा पनि अगाडि देखिएकी छिन्।

यस्तो छ ऋचाको पत्र

आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ ।

मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि,यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स(साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ ।

जनताको नभए पनि एकचोटी परिवारमा छोरी(नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन रु म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी ! 

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

आदरणीय प्रधानमन्त्री ज्यू,एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न…

Gepostet von Reeccha Sharrma am Donnerstag, 8. Oktober 2020