हाँस्यकलाकार सुरमा भोपालीको निधन

बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित जगदीपको बुधबार राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज अन्त्येष्टि गरिने बताइएको छ ।चार सयभन्दा बढी फिल्ममा काम गरेका जगदीपले सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो ।

‘ शोले फिल्म’ मा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनलाई बलिउडमा परिचित बनायो । सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका निर्भाह गरेका थिए ।