साम्राज्ञीलाई प्रस्ताव आएन कि गर्न नचाहेको ?

हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहले भिन्न भिन्न भूमिका गर्नका लागि आफूलाई अफर नै नआएको जवाफ दिएकी छिन् । साम्राज्ञीले आफू कलाकार भएकाले धेरै थरिका भूमिका गर्न चाहेपनि अफर नआएको बताएकी छिन् ।

साम्राज्ञीलाई प्रेमकथामा मात्र देख्दा उनले फरक भूमिका गर्न नसकेको आरोप लागेको हो । तर, साम्राज्ञीले अफर नआउँदा फरक भूमिका गर्न नसकेको बताएकी हुन् ।

साम्राज्ञीले अफर नआएको जवाफ फर्काइरहँदा के उनलाई लभकथामा मात्र अफर आयो होला ?

नेपालमा बर्षमा बन्ने १०० वटा जति फिल्ममा कम्तीमा पनि ३० वटा सिनेमाका निर्माताको रोजाइमा साम्राज्ञी पहिलो स्थानमा छिन् । यसैले साम्राज्ञीले अफर नै आएन भन्न सुहाउँदैन । तर, साम्राज्ञीले अफर आएका फिल्म सबै गर्न सक्छिन् भन्ने त होइन ।

साम्राज्ञीले आफूलाई फरकपनामा धकेल्ने कोशिश नै गरेकी छैनन् । किनकी, उनले फोन नउठाउने, स्टारडम देखाउने, कुरा गर्न नै नचाहने व्यवहार देखाएको सिनेकर्मी गुनासो गर्छन् ।

साम्राज्ञीको यो बानीले गर्दा उनलाई धेरैले राम्रो कथामा पनि अफर गर्न सकेका छैनन् भने धेरैको  उनले कथा नै सुन्न मान्दिनन् ।

हिट ब्यानर,  भिन्न कथाका सिनेमामा विभिन्न बाहाना झिकेर साम्राज्ञीले काम नगरेका गुनासो सुनिन्छ । कुरा सबैको सुन्नुपर्छ भन्ने साम्राज्ञीले वुझ्नपर्छ । फरक भूमिका आएन भनेर गुनासो गर्नुभन्दा फरक भूमिका ल्याउनेलाई समय दिए कति राम्रो हुन्थ्यो होला ?