‘लाज शरणम्’का निर्माता भन्छन्–‘अब, निरन्तर फिल्म बनाउँछु’

बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म हो ‘लाज शरणम्’ । यो फिल्मलाई ‘सक्किगोनी’को टिमले निर्माण गरेको हो । फिल्ममा नविन श्रेष्ठको लगानी छ । फिल्म क्षेत्रमा नविन श्रेष्ठको आगमन यही फिल्मबाट सुरु भएको हो ।
तर, उनी फिल्म क्षेत्रको बारेमा राम्रो जानकार छन् । नविन अब आफूले निरन्तर फिल्म बनाउने बताउँछन् । मेरो फिल्मसँगको कुराकानीमा उनले भने–‘मैले यो फिल्म बनाउने क्रममा धेरै कुराको महशुश गर्न पाएँ । गाह्रो र रमाइलो दुबै क्षण बिताएको छु । तर, म खुशी छु ।’
नवीनले फिल्म बनाउन गाह्रो हुने कुरा आफूले महशुश गरेको भन्दै भने–‘निर्माता त बच्नुपर्छ भन्ने मैले मैले पनि महशुश गरेँ । एउटा फिल्मले ५ सय परिवार बोकेको हुन्छ । यो फिल्मले विश्वव्यापी रुपमा देशलाई प्रतिनिधित्व गर्न सक्छ ।’
नवीनले यो फिल्मपछि अरु २ वटा फिल्म बनाउने तयारी समेत गरिसकेका छन् । आफू थाक्नेवाला मानिस नभएको भन्दै उनले यो उद्योगलाई स्थापित गराउन लागिपर्ने उनको भनाई छ ।
फिल्म गज्जब बनेको दाबी नवीनको छ । फिल्मले सेन्सर बोर्डबाट पनि निकै राम्रो प्रतिक्रिया पाएको उनले सुनाए । फिल्मले बलियो विषयवस्तु बोकेको भन्दै उनले भने–‘फिल्मले नेपालीपन, नेपाली माटो बोकेको छ । २ घण्टासम्म फिल्मले दर्शकलाई हसाउँछ । बाँकी ४० मिनेट दर्शकलाई भावुक बनाउँछ ।’
फिल्म छायांकनका लागि यसको टिम डोल्पा समेत पुग्यो । डोल्पामा फिल्म खिच्न पुग्दा २ वटा जीर्ण बनेको पुल समेत बनाएको नवीनको अनुभव छ । उनले, कलाकारहरूले पनि निकै मिहिनेत गरेको सुनाए । अक्सिजनको अभाव, बस्ने ठाउँको अभावमा पनि कलाकारहरूले काम गरेको उनको भनाई छ ।
रियल स्टेट र रेष्टुरेण्ट व्यवसायमा सक्रिय नवीनले फिल्म क्षेत्रमा आफूले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे । कुमार कट्टेलको निर्देशनमा तयार हुन लागेको यो फिल्म फागुनको १४ गतेबाट दर्शकमाझ आउँदैछ ।

फिल्मले कुन सर्टिफिकेट पाएको थाहा हुँदैन र हल संचालकज्यू ?

१२ शहरमा ‘मायाबी’को अटो प्रचार, फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउने

पारस र सिम्रन भन्छन्–‘फिल्मको नशा लाग्दैछ’

‘पाटन फेस्ट २०२५’ हुँदै, ४ चर्चित व्याण्डले प्रस्तुति दिने

सजनले दिए साइबर ब्युरोमा उजुरी

‘ताण्डवम्’को गीत ‘बहँदा बहँदै’ सार्वजनिक

‘फेरि रेशम फिलिली’लाई लिएर सुपुष्पामा डर र उत्साह

प्रतिक्रिया