फिल्ममा आलम बारे केही खास देखिएन !

केन्द्रीय चलचित्र जाँच समितिले शुक्रवार फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । फिल्म हेरिसके पनि सेन्सर पास चाहिँ भैसकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानुन विभाग हेर्ने अधिकारी सँगै  बोर्ड सदस्य उपस्थित थिए ।

सबैको चासो रहेको पूर्व मन्त्री अफताव आलमको विषयमा फिल्म नबनेको देखिएको छ । स्क्रिप्टमा र फिल्ममा नै आलमको बारे केही नदेखिको बोर्डका एक सदस्यले बताएका छन् ।

मुद्दा मामिलाको कारण सेन्सर बोर्डले यो फिल्मको सेन्सरलाई गम्भीरताको साथ लिएको थियो । जसको कारण सेन्सर पूर्व बैठक बोलाइएको थियो । मङ्गलवार पूर्व मन्त्री आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।