म्युजिक भिडियो मार्फत ' आयङ्का' को डेब्यु
कलाकार द्वय प्रियङ्का कार्की र आयुष्मान जोशीकी ३ बर्सिया छोरी आयङ्काले कलाकारितामा डेब्यु गरेकी छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘बालापनको उमेर २’ शुक्रवार युट्युबमा रिलिज भएको छ । यस अघि उनलाई केही विज्ञापनमा आमाको साथमा देखिएको थियो ।
यो म्युजिक भिडियोबाट कलाकार सरोज ओलीकी ६ बर्सिया छोरी आन्भीले पनि कलाकारितामा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा प्रियङ्कालाई पनि देख्न सकिन्छ । कोरसमा अन्य बालिका पनि नाचेका छन् ।
वसन्त सापकोटाको शब्द र सङ्गीत रहेको गीतमा सुरक्षा बाठा मगरको स्वर छ । गीतको कोरियोग्राफी र भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियोको निर्माण सरोज ओलीले गरेका हुन् ।

फिल्ममा आलम बारे केही खास देखिएन !

मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

प्रतिक्रिया