अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

गायक सुजन चापागाँई र उनका व्याण्डका सदस्यहरूलाई अमेरिकाले भिसा नदिएपछि उनीहरुको सांगीतिक टुर अनिश्चित बनेको छ । गायक चापागाँइले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । मार्चदेखि उनीहरुले अमेरिकामा सांगीतिक यात्रा गर्दै थिए । ‘आरोह अमेरिका–सुजन चापागाई एण्ड द ब्याण्ड’ नामक कार्यक्रम अमेरिकाले भिसा नदिएपछि अनिश्चित बनेको हो ।

गायक सुजनले लेखेका छन्–‘नेपालस्थित अमेरिकी राजदूतावासमा आज भिसाको लागि भएको अन्तवार्ताको क्रममा हामी ८ जना ब्यान्डका सदस्यमध्ये एक जनाले मात्र भिसा प्राप्त गर्दा पूर्व निर्धारित कार्यक्रमहरू प्रभावित बनेका छन् ।

लामो समयदेखि नेपाली गीत संगीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय श्रृजना प्रेषण गर्न सकिन्छ भनेर मिहिनेत गरिरहेका कुरा दर्शक तथा श्रोताहरूले बुझी दिनु भएकै छ लगभग २ वर्षको आन्तरिक तयारी पश्चात् अमेरिकाबाट प्रत्यक्ष म्यूजिकल लाइभ जर्नी सुरुवात गर्ने वाचा पुरा नगर्न नसक्ने जानकारी गराउँदै गर्दा नमीठो अनुभव पक्कै भएको छ ।’