‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

चैत्रको ८ गतेबाट फिल्म ‘११ः५५’ रिलिजमा आउँदैछ । यो फिल्मको टिजर र पोस्टर सार्वजनिक भइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्ममा समावेश पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक गरेको छ ।
यो गीतमा अल्मोणा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । सुमन परियारको पनि यो गीतमा स्वर सुन्न सकिन्छ ।
गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल लगायतका कलाकारहरूको फिचरिङ छ ।
फिल्ममा एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारीको पनि अभिनय छ । क्राइम थ्रीलर जनरामा निर्माण भएको यो फिल्ममा केशव पाण्डेको निर्देशन छ । फिल्ममा देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन छ ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो फिल्ममा श्याम शर्मा र सरोज शर्माको लगानी छ । एमएस अग्रज यो फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा आलम बारे केही खास देखिएन !

म्युजिक भिडियो मार्फत ' आयङ्का' को डेब्यु

मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

प्रतिक्रिया