कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोधगायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नभएको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार भद्रकालीमा प्रदर्शन गरेको छ । भद्रकालीमा नेवार समुदायका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

फागुन ५ मा नेवार समुदायका व्यक्तिहरूले कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरुद्ध उजुरी दिएका थिए । उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कारबाहीको माग गरिएको थियो ।

यस्तोमा, निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि कारबाही नगरेको भन्दै प्रदर्शन गरिएको हो । प्रहरीले भने दुबै पक्षलाई राखेर छलफल चलाउने बताएको छ । 

श्रेष्ठले चलाएको पडकास्टमा अतिथि बनेर पुगेका अन्यले गीत गाउँदै गायक सागरलाई कटाक्ष गरेका थिए । अहिले उक्त भिडियो युट्युबबाट हटाइएको छ भने सजनले माफी समेत मागेका छन् ।