फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

भीमसेन लामा निर्देशित फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक भएको छ  । फिल्म मार्च ७ बाट बेलायतमा  २६० पर्दाबाट रिलिज हुने भएको छ ।

एक्सन-थ्रीलर फिल्मले बदलाको लागि मान्छे कुन हदसम्म पुग्छ भन्ने चित्रण गरेको छ । फिल्ममा म्याट वेक फोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टङ्क धमला मुख्य भूमिकामा छन् । विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता, एमजी अमीन र ईश्वर श्रेष्ठ सह निर्माता रहेको फिल्मको कथा विशारद बस्नेतले लेखेका हुन् । पटकथा हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।

अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिएको फिल्मले इटालीमा सम्पन्न मिलन विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत पुरस्कार जितेको छ । फिल्मलाई चाँडै अमेरिका, अस्ट्रेलिया, क्यानडासहित हिन्दीमा भारत र नेपाली भाषामा नेपालका हलमा प्रदर्शन हुने जनाइएको छ ।