हिन्दू धर्मको विरोध गर्यो भन्ने आरोपको मह जोडीले गरे खण्डन

चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआइडी)बाट पैसा लिएर हिन्दू धर्म विरोधी प्रचार गरेको आरोप लागेपछि त्यसको खण्डन गरेका छन् । सामाजिक संजालमा आज एक भिडियो सार्वजनिक गर्दै यी दुईले गलत हल्लाको पछि नलाग्ने आग्रह गरेका हुन् ।
भिडियोमा मदनकृष्ण र हरिवंशले यस्ता गलत हल्लाले आफूहरूको चित्त दुखेको उल्लेख गरेका छन् ।
भिडियोमा मदनकृष्णले भने–‘हिजोआज सामाजिक संजालमा मह जोडीले यूएसआइडीबाट पैसा लिएर धर्मको विरोध गर्दै हिँड्यो भन्ने जुन किसिमको अनर्गल प्रचार भइरहेको छ, त्यसले हाम्रो एकदमै चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झन्छौं । आफ्नै हितैषीबाट यस्तो कुरा सुन्दा चित्त दुखेको छ ।’
उनले, आफूहरूले राम्रा कुरा मात्र छानेर प्रचार गरेको पनि स्पष्ट पारेका छन् । यस्तै, कलाकार हरिवंश आचार्यले पनि कुनै सिरियलबाट आफूहरूले हिन्दू धर्म वा अन्य धर्मको विरोध नगरेको बताएका छन् । उनले भने–‘हामीले मदनबहादुर हरिबहादुर, असल लोग्ने, आमा, विभिन्न किसिमका खोपका कार्यक्रमहरू गरेका छौं । र त्यो हामीले युट्युबमा छर्लङ हुने गरि राखेका छौं । त्यो एकपटक हेर्न म आग्रह गर्न चाहन्छु । हामीले कहीँ कतै पनि सनातन हिन्दू धर्म र अन्य कुनै पनि धर्मको विरोध गरेका छैनौं । र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो ।’
हरिवंशले ‘पञ्चायत व्यवस्थाको सराध्य’ कार्यक्रममा हिन्दु धर्मप्रति नभई पण्डित पात्रको प्रवृत्तिप्रति व्यङ्ग्य गरेको पनि प्रष्ट पारेका छन् । उनले भनेका छन्–‘पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितकै छोरो हुँ । र व्यङ्ग्य भनेको नेता, पण्डित, पुलिस, डाक्टर सबैलाई गर्न पाइन्छ । कार्यक्रमको एउटा टुक्रा मात्र राखेर हिन्दू धर्मको नै विरोध गर्यो भन्ने कपोलकल्पित कुरा हो ।’
मह जोडीले यस्ता भ्रामक हल्लाले आफूहरूको काम नरोकिने र निरन्तर काम गर्ने पनि उल्लेख गरेका छन् । हरिवंश अहिले फिल्म ‘हरिबहादुरको जुत्ता’ र मदनकृष्ण फिल्म ‘पहाड’को छायांकनमा छन् ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया