‘लाज शरणम्’ रोकिएपछि निर्देशक समाजले भन्यो–‘गोलवद्ध हुन जरुरी छ’

एकपछि अर्को नेपाली फिल्म अदालत वा सेन्सर बोर्डमा अड्किन थालेका छन् । फिल्म ‘एक्टरः टेक वान’को रिलिज अदालतकै आदेशका कारण दुई दिन ढिलो रिलिज भयो ।
यता, फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’को प्रदर्शन उच्च अदालतको आदेशसँगै अनिश्चित बनेको छ । फिल्म ‘ताण्डवम्’को मुख्य दृश्य नै काटेर ल्याउन चलचित्र जाँचपास समितिले निर्देशन दिएको छ । यस्तो अवस्थामा फिल्म निर्माण कसरी गर्ने भन्ने अन्यौलता देखिन थालेको छ ।
यसैबिच, चलचित्र निर्देशक समाजले रिलिज हुन लागेको फिल्मको प्रचार सामाग्रीमा समेत रोक लगाउने आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष जनकदिप पराजुलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘फिल्म अभिव्यक्तिको माध्यम भएको र फिल्मले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ । यसरी बनेका कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार, संस्कृतिलाई आघात पुर्यायो कि पुर्याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास समिति आदि सरकारी निकाय अस्तित्वमा छन् । कुनै फिल्मले माथि भनेझैं व्यक्ति वा समुदायको मानमर्दन गर्ने अभिप्राय राखेको छ भने चलचित्र जाँच पास समितिसँग यस्ता फिल्मको प्रदर्शन रोक्का गर्ने अधिकार निहित हुन्छ । तर, यो प्रक्रियामा नपुगिकन फाट्टफुट्ट आएका प्रचार सामग्रीका भरमा फिल्ममाथि अंकुश लगाउने निवेदकको मनसायअनुरुप आदेश जारी हुँदा फिल्मको करोडौं लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्रोसँग झस्काएको छ ।’
निर्देशक समाजले ‘लाज शरणम्’ लगायत यस्तै प्रकृतिको कानुनी लडाइँमा रहेका अन्य फिल्महरूको साथमा ऐक्यबद्धता समेत जारी गरेको छ । साथै, अन्य फिल्मसँग सम्बन्धित पेशागत संघसंस्थालाई गोलबद्ध हुन समेत आग्रह गरेको छ ।
निर्देशक समाजले फिल्म क्षेत्रलाई विभिन्न रुपमा आक्रमण गर्ने, नकारात्मक प्रभाव पार्ने गतिविधिको पनि घर भर्त्सना गरेको छ ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया