‘फेरि रेशम फिलिली’को रमाइलो ट्रेलर

सिनेमा आर्ट प्रोडक्सनसँग भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडीलाई बढी स्थान दिइएको छ । अमेरिका जाने सपना बोकेको एक यूवकको कथामा यो फिल्म बनेको प्रष्ट हुन्छ ।
रौनक विक्रम कँडेलको लगानीमा तयार भएको फिल्ममा निरोज महर्जनको निर्देशन छ । फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा छन् ।
फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर वाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा आकाश बरालको लेखन, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, साहिल खानको ट्रेलर छ ।
फिल्मको सार्वजनिक ट्रेलरमा डीभीको पहिलो पत्र आइसकेको एक यूवकको अमेरिका जाने तयारी र उसको जीवनमा आइपर्ने विभिन्न खालका समस्यालाई देखाइएको छ ।
फिल्म ‘रेशम फिलिली’ १० वर्ष अगाडि रिलिजमा आएको थियो । यसपटक पनि रमाइलो कथामा फिल्म बनेको वुझ्न सकिन्छ ।

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

केदारसँग १० वर्षपछि पर्दा शेयर गर्दै विल्सन

‘लाज शरणम्’ रोकिएपछि निर्देशक समाजले भन्यो–‘गोलवद्ध हुन जरुरी छ’

अत्याधिक ‘हिंसात्मक दृश्य’ भएको भन्दै ‘ताण्डवम्’को सेन्सर पास भएन

‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

प्रधानमन्त्रीलाई नीताको पत्र–‘विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस्’

प्रतिक्रिया