फिल्म ‘तीनतारा’को छायाङ्कन सम्पन्न

फिल्म ‘तीनतारा’को छायाङ्कन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्ममा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन र सम्बन्ध परिवर्तनको कथा देखाइने छ ।

जीवन दाहालको डेब्यु निर्देशन रहेको फिल्ममा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय छ ।

निर्देशक दाहाल आफैँले लेखेको कथाले मित्रताको महत्त्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ । फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको फिल्मको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । फिल्म माउन्टेन र्‍याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।