असार २७ बाट ‘यो मन त मेरो नेपाली हो’

फिल्म ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय गरिएको छ । ज्ञान बहादुर प्रधान ‘रोशन’को निर्माणमा तयार भएको यो फिल्मलाई आउँदो वर्षको असार २७ गतेबाट प्रदर्शन गरिने जानकारी दिइएको छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने पक्का भएको छ ।

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवन्शी लगायतको अभिनय छ । अमेरिकामा रहेका साहित्यकार नर प्रधान ‘मित्र’को निर्देशनमा यो फिल्म बनेको हो । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विदेशमा रहेका नेपालीहरूको मुद्दालाई उठान गरिएको छ ।

शिवम् अधिकारीको लेखनमा तयार भएको यो फिल्ममा विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा फिल्मको माध्यमबाट भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।

फिल्ममा विकास चौधरी र तोरम्पा हाङ राइको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको एक्सन, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।