कुमा सागरलाई गिज्याएको आरोपमा ४ कमेडियनविरुद्ध प्रहरीमा उजुरी

गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ कमेडियनविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । 

नेवार समुदायका १५ व्यक्तिहरूले उनीहरू विरुद्ध उजुरी दिएका हुन् । कमेडीयनहरु सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र  सुजन जिम्बाविरुद्ध प्रहरीमा उजुरी परेको हो । 

उनीहरुले नेवारी संस्कृति र परम्परालाई आँच आउने गरि भाषा बोलेको भन्दै कारवाहीको माग गरिएको छ । यो उजुरी भन्दा पनि निवेदन रहेको प्रहरीले बताएको छ । 

विवादबारे दुबै पक्षलाई छलफल गर्ने तयारी प्रहरीको छ । यो विषयमा सजनले सामाजिक संजालबाट माफी मागिसकेका छन् ।