‘कमेडी दरबार’मा ‘महाराजा’को रुपमा विजयको ठाउँमा मनोज गजुरेलको प्रवेश

कमेडी टीभी शो ‘कमेडी दरबार’मा विजय बराल बाहिरिएसँगै नयाँ राजाको प्रवेश भएको छ । अब, यो शोमा महाराजाको रुपमा हाँस्य कलाकार मनोज गजुरेलको प्रवेश भएको छ ।
काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा २७ औं भागमा महाराजाको भूमिकामा देख्न पाइने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा विजय बराल र गौरी मल्लसहित शोका सहभागीहरूको उपस्थिति थियो । यस्तै, होस्ट समेत परिवर्तन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नम्रता श्रेष्ठको ठाउँमा अब सजिना खनालको प्रवेश भएको छ ।
अब, सजिनाले यो शोका निर्देशक विक्की अग्रवालले मिलेर कार्यक्रम होस्ट गर्नेछन् । यो शो पछिल्लो समयको सर्वाधिक लोकप्रिय कमेडी शो हो । प्राइभ टेलिभिजन र ओएसआर डिजिटलबाट यो कार्यक्रम प्रशारण हुँदै आएको छ ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया