‘२६ करोड’ अब ‘पुजार सार्की’ टिमले बनाउने, विकासले निर्देशन गर्दै

निर्माता रोहित अधिकारीले बनाउने भनिएको फिल्म ‘२६ करोड’ अब अर्को टिमले बनाउने भएको छ । 

यसअघि यो फिल्मलाई दिनेश राउतको निर्देशनमा रोहितले बनाउने  पक्का भएको थियो । तर, पछि दिनेश र रोहितपछि कुरा मिलेन र उनीहरू अलग भए । यसपछि, रोहितको ‘फर्की फर्की’सँग दिनेशले यहीकारणले ‘पुजार सार्की’ जुधाएका थिए । 

तर, अब यो फिल्म किङ्डम नेटवर्कले लिएको छ । फिल्मका निर्माता सुभाष भुसाललाई रोहितले अधिकार हस्तान्तरण गरेका छन् ।
 
यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने पनि पक्का भएको छ । वुझिएअनुसार, यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले यसअघि फिल्म ‘प्रकाश र पुजार सार्की’ लेखेका थिए ।

उनकै लेखन रहेको फिल्म ‘महाभोज’को अहिले छायांकन भइरहेको छ । विकास अब फिल्मको निर्देशनमा आउन लागेका हुन् ।