सनुप र प्रविशाको स्वरमा "मायाको उडान" सार्वजनिक

अमेरिकी अश्वेत नागरिकले एक जोडी नेपालीको हत्या गरेको कथामा बुनिएको "मायाको उडान" गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई फिल्मी शैलीमा तयार गरिएको छ भने अर्को भाग फेब्रुअरी २७मा आउने उल्लेख गरिएको छ । 

प्रविशा अधिकारी र सनुप पौडेलको स्वर रहेको गीतमा सुरेश राईको शब्द सङ्गीत रहेको छ । भिडियोमा अर्जुन डेभसन, बिना श्रेष्ठ सङै युवराज थापा, राजु गिलानी लगायतको अभिनय रहेको छ । भिडियोको कन्सेप्ट निर्देशन र सम्पादन निरञ्जन पाण्डेले तयार पारेका हुन् ।