निर्माता संघमा पुग्यो ‘सानो संसार’का दुई निर्माताको विवाद

कात्तिकमा रिलिजमा आएको फिल्म ‘सानो संसार’का दुई निर्माताको विवाद चलचित्र निर्माता संघसम्म पुगेको छ ।
फिल्मका दुई निर्मातामध्ये एक माधव वाग्लेले अर्का निर्माता अर्जुन कुमारले सहमति पालना नगरेको भन्दै निर्माता संघमा न्यायिक सहयोगका लागि निवेदन दिएका हुन् । निवेदनमा प्रिन्सेस मुभिजका तर्फबाट निर्माता माधव वाग्लेले फिल्मको आर्थिक पक्षहरुमा आफ्नो गम्भीर असन्तुष्टि रहेको भन्दै उजुरी दिएका हुन् ।
वाग्लेका अनुसार, फिल्मका निर्माणका क्रममा उनले अर्जुनलाई ३५ लाख दिएका थिए । लगानीको ५० प्रतिशत प्रिन्सेस मुभिजले खर्च गर्ने सहमति अनुसार आफूले ३५ लाख दिएको र फिल्म तयार पारी प्रिन्सेस मुभिजलाई हस्तान्तरण गर्नुपर्ने सर्त रहेको उल्लेख छ । निवेदनमा भनिएको छ–‘फिल्म पुरा गरि अर्जुनले मलाई हस्तान्तरण गरेता पनि कलाकार, प्राविधिक, पोष्ट प्रोडक्सन लगायतका खर्चहरू भुक्तानी नगरेको कारणले गर्दा म स्वयंमलाई कलाकार र प्राविधिकहरूले भुक्तानीको बिषयमा तारन्तार ताकेता गरेकाले मलाई नैतिक रुपमा अप्ठ्यारो परेको छ ।’
यस्तै, अर्जुनले डिजिटल अधिकार समेत आफूलाई प्रत्यायोज गर्ने बिषयमा ढिलाई गरि आलटाल गरिरहेको माधवको भनाई छ ।
माधवले उजुरीमा भनेका छन्–‘सानो संसारको डिजिटल राइट वितरण गरिएको कम्पनी म्युजिक नेपालसँगको संझौता रद्द गरि उक्त फिल्मको लागि म्युजिक नेपालले लगाएको लगानी प्रिन्सेस मुभिजले फिर्ता गरी उक्त फिल्मको डिजिटल अधिकार प्रिन्सेस मुभिजमा फिर्ता ल्याउने वातावरण बनाई सहयोग गरिदिनुहुन अनुरोध छ ।’
वाग्लेले यो बिषय समाधानका लागि अर्जुन कुमारलाई संघमा झिकाई आफूमाथि पर्न गएको अन्यायलाई सम्बोधन गर्न सहयोग गरिदिनका लागि अनुरोध समेत गरेका छन् ।

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

केदारसँग १० वर्षपछि पर्दा शेयर गर्दै विल्सन

‘लाज शरणम्’ रोकिएपछि निर्देशक समाजले भन्यो–‘गोलवद्ध हुन जरुरी छ’

अत्याधिक ‘हिंसात्मक दृश्य’ भएको भन्दै ‘ताण्डवम्’को सेन्सर पास भएन

‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

प्रधानमन्त्रीलाई नीताको पत्र–‘विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस्’

प्रतिक्रिया