‘११ः५५’मा के भयो ? टिजर हेर्नुहोस्

चैत्रको ८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘११ः५५’को टिजर रिलिज भएको छ । कलाकारहरुको क्यारेक्टर पोस्टर सार्वजनिक भएको केही दिनपछि डेढ मिनेट लामो टिजर रिलिज गरिएको हो । यो फिल्मको टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथालाई रहस्यमय तरिकाले प्रस्तुत गरिएको छ ।

फिल्मको टिजरमा मुख्य कलाकारहरू श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी र डेब्यू कलाकार सागर खनालको अभिनय छ । क्राइम थ्रीलर जनरामा यो फिल्म निर्माण गरिएको हो । फिल्मले ‘कसैमाथि पनि विश्वास नगर्न’ सन्देश दिन खोजेको वुझ्न सकिन्छ ।

केशव पाण्डेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा एमएस अग्रज, शेखर ज्ञवाली र निर्देशक पाण्डेको लेखन छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन यो फिल्ममा छ ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।