‘हलवालाको मोजा धोइदिन परे धुन तयार छु, तर शोज त देउ न’: रंगी निर्देशक

थुप्रै फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका सुरेश न्यौपानेले ‘रंगी’बाट आफूलाई निर्देशकको रुपमा उभ्याएका छन् । तर, उनको पहिलो सिर्जनालाई नै शोज नदिएर प्रदर्शकहरुले निमोठ्न खोजेपछि उनी आक्रोशित छन् ।
उनले मिडियाकर्मीहरुको अगाडि भने–‘हलवालाहरुको मोजा धुन परे पनि म धुन तयार छु । तर, मेरो फिल्मलाई शो देउ न ह्यार । हामीले शोजका लागि भीख माग्न मात्र बाँकी थियो । हामीले ३ महिनादेखि फागुन २ गते फिल्म रिलिज हुँदैछ भनेर प्रचार गरेका थियौं । तर, उहाँहरूको साइटमा ३ दिन अगाडि मात्र आएर हाम्रो पोस्टर राखिएको थियो । अब त अत्ती भयो । यति राम्रो फिल्म बनाउँदा बनाउँदा पनि हामीले मार्केट पाउँदैनौँ भने हामीले के गर्ने त ?’
हामीले फिल्म बाहेक केही वुझ्दैनौं भने के गर्ने भन्दै सुरेशले भने–‘राम्रो फिल्म दिँदा पनि हामीलाई शोज दिँदैन भने हामीले कहाँ गएर देखाउने हो त ? म टाउको मालिस गर्न पर्छ भने पनि गर्न तयार छु । तर, शोज त दिन पर्यो नी । फिल्म नै नहेरी सलोन र सुरेशको फिल्म रहेछ, २ शोज दिओैं भनेर टेबलमा बसेर दिन मिल्छ । हामीले उहाँहरूलाई रिझाउन के गर्नुपर्ने हो ?’ यति भन्दै सुरेश भावुक सुनिए ।
सुरेशले कही नयाँ गरौं भनेर आफूहरूले नेपालीपन बोकेको कथामा फिल्म बनाएको बताए । उनले दर्शकले फिल्म मन पराएपनि आफूहरूले शोज नपाएको भन्दै गुनासो गरे ।

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

केदारसँग १० वर्षपछि पर्दा शेयर गर्दै विल्सन

‘लाज शरणम्’ रोकिएपछि निर्देशक समाजले भन्यो–‘गोलवद्ध हुन जरुरी छ’

अत्याधिक ‘हिंसात्मक दृश्य’ भएको भन्दै ‘ताण्डवम्’को सेन्सर पास भएन

‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

प्रधानमन्त्रीलाई नीताको पत्र–‘विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस्’

प्रतिक्रिया