‘एक्लो’का सुरज सिंहलाई चिन्नुभयो ?

फिल्म ‘एक्लो’का मुख्य कलाकार सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिंह डरलाग्दो गेटअपमा देखिएका छन् । फिल्ममा उनलाई ‘काल’ पात्रमा प्रस्तुत गरिएको छ । यसअघि यो फिल्मका तीन कलाकारहरुको लुक्स सार्वजनिक भइसकेको छ । सुरजको यो लुक्सले भने दर्शकको ध्यान खिच्न सक्छ ।

प्रदीप शाहीले निर्देशन गरेको यो फिल्मलाई हलिउड स्तरको बनाउन कुनै कसर बाँकी नराखिएको निर्माणपक्षको दाबी छ । फिल्मको सम्पूर्ण काम सकिएपछि मात्र प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ ।

यो फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुको अभिनय छ । यस्तै, फिल्ममा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ ।

फिल्ममा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नविन सिवा, बागविर पुन लगायतको लगानी छ । विनोद सुवेदी यो फिल्मका कार्यकारी निर्माता हुन् । बाबु श्रेष्ठको छायांकन रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु पेन्टरको सेट डिजाइन छ ।