सिनेमाघरमा 'दयारानी'

हिट फिल्म ‘दयारानी’ ओटीटी प्लेटफर्म सिनेमाघरमा रिलिज भएको छ । माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, दिया पुन र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले निःसन्तान दम्पतीको कथावस्तु पेस गर्छ ।

गत वर्ष हलमा रिलिज भएको यो फिल्म सोही वर्षको सर्वाधिक नाफा कमाउने नेपाली फिल्म समेत हो । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममार्फत निर्देशक गुरुङले मूलधारको फिल्ममेकिङमा पाइला अघि बढाएका हुन् ।

सिनेमाघर ओटीटी एन्ड्रोइड र आइओएस मोबाइल, स्मार्ट टिभीसहित ल्यापटप र डेस्कटपमा पनि उपलब्ध छ । दर्शकले मास्टर कार्ड र भिसा कार्ड प्रयोगसहित नेपालबाट डिजिटल वालेटबाट रकम भुक्तानी गरेर हेर्न सक्ने जनाइएको छ ।