‘अञ्जिला’ले बेलायतका दर्शकलाई रुवायो

फिल्म ‘अञ्जिला’को प्रिमियर बेलायतको राजधानी लण्डनमा गरिएको छ । लण्डनको एल्डरसटस्थित एम्पायर हलमा आयोजित भव्य प्रिमियर समारोहमा फिल्म हेरेका अधिकांशले मुक्तकण्ठले प्रशंसा गरे ।
नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित रहेर तयार पारिएको फिल्मको कथावस्तुले मन छोएको अधिकांश दर्शकको प्रतिक्रिया थियो । नेपालबाट भने फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ, सह निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्स, कलाकार सिर्जना सुब्बा उपस्थित थिए ।
कार्यक्रममा निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न यो फिल्म निर्माण गरिएको बताए । चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्याउन अञ्जिला निर्माण गरिएको बताए । फिल्म हेरेका दर्शकहरुले यो फिल्मले निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए ।
नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने कुरा फिल्म हेरेपछि महशुश गरेको दर्शकहरुको भनाई थियो । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठले हङकङपछि लण्डनका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएकाले आफू उत्साहित भएको बताए । प्रिमियरबाट संकलित रकम एन्जिलाको घर निर्माणमा खर्च गरिने उनले बताए । एञ्जिलाले उक्त घर फुटबल एकेडेमीको रुपमा विकास गर्ने योजना बनाएको बताइन् ।
यो फिल्म नेपालमा फागुन २९ गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

प्रधानमन्त्रीलाई नीताको पत्र–‘विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस्’

दीपक लेख्छन्–‘गालीले मान्छे मर्ने भए उहिल्यै मेरो दाहासंस्कार भैसक्थ्यो’

‘फेरि रेशम फिलिली’को रमाइलो ट्रेलर

धुलिखेलमा आउटडोर स्टुडियो बन्ने

फिल्म ‘तीनतारा’को छायाङ्कन सम्पन्न

असार २७ बाट ‘यो मन त मेरो नेपाली हो’

प्रतिक्रिया