राजनको 'आउँदा जाँदा' सार्वजनिक

राजन न्यौपानेको रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द, सङ्गीत पनि गायक न्यौपानेकै छ।  भिडियोमा मुकुन भुसाल, भावना उप्रेती र लिन ओली फिचर्ड छन् ।

 सागर ज्ञवालीको निर्देशन रहेको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ । राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायाङ्कन नारायण जिसीले र सम्पादन अमृत चापागाईँले गरेका हुन् ।