नेता शर्माको भ्यालेन्टाइन गीत
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् । शर्माको सङ्गीत रहेको गीतमा प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको सङ्गीत संयोजन छ । निकेश खड्का निर्देशित भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् ।
सङ्गीत र साहित्यमा समेत रुचि भएका शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् । शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द छन् । विश्वप्रकाशले यसअघि पनि आफ्नो सङ्गीतमा केही गीत रेकर्ड गराएका छन् । नेपाल जेसिजको एल्बममा बज्ने गीत उनैले सङ्गीत गरेका हुन् । भूकम्पको त्रासदीको समयमा उनले ‘स्वीकृति’ बोलको गीत पनि ल्याएका थिए, जसमा शिशिर योगीको स्वर छ ।

सनुप र प्रविशाको स्वरमा "मायाको उडान" सार्वजनिक

राजनको 'आउँदा जाँदा' सार्वजनिक

यश कुमारको ‘मैले तिम्रो मायामा’

अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

गीत गाएरै घर किन्ने शान्ति श्री

रचनाको 'मायाले रुवायो' सार्वजनिक

‘सालको पात’लाई पछि पार्दै ‘अरेली काँडैले’ बन्यो १० करोड पटक हेरिने पहिलो ल…

प्रतिक्रिया