दीपकलाई दीपाको ‘ह्याप्पी भ्यालेन्टाइन डे’

कलाकार तथा निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरीले एकसाथ सहकार्य गरेको लामो वर्ष भयो । यी दुईले रेडियो कार्यक्रम ‘धनियाँकी दुनियाँ’बाट करिअरको सुरुवात गरेका हुन् । आज फिल्म ‘छक्का पन्जा ५’सम्म आइपुग्दा पनि यी दुइको सहकार्य उस्तै छ । 

यी दुईले हाँस्य सिरियल ‘तीतो सत्य’मा काम गरेपछि झन् बढी चर्चा भयो । २५ बर्ष लामो यी दुइको मित्रता र सहकार्य धेरैका लागि प्रेरणा पनि बन्ने गरेको छ । 

यसैबिच, आज परेको प्रेम दिवसको अवसरमा दीपाले पुराना तस्वीर शेयर गर्दै दीपकलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भनेर विस गरेकी छिन् । 

कुनै बेला फोटोग्राफर राजीव श्रेष्ठले खिचेको फोटो शेयर गर्दै दीपाले दीपकलाई प्रेम दिवसको शुभकामना दिएकी हुन् । दीपाले पुराना फोटो शेयर गरेसँगै उनीहरुलाई शुभकामना दिनेहरू पनि इन्स्टाग्राममा निकै देखिएका छन् ।