‘मन विनाको धन’को छायांकन सुरु

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘मन बिनाको धन’को शुभसाइत गरिएको छ । आज बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै फिल्मको शुभसाइत गरियो ।

शुभसाइत समारोहमा कलाकार सरोज खनालले क्ल्याप हानेका थिए भने निर्देशक बुढाथोकीले नरिवल फोडेका थिए । बाल–कलाकार अशोक दर्जी र कलाकार सन्तोष पन्तले मुहूर्त सर्ट दिएका थिए ।

यो फिल्मको आजैबाट छायांकन पनि सुरु गरिएको छ । फिल्मको मुख्य भूमिकामा अशोक दर्जी छन् । फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, उत्सव सापकोटा, एआर वुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

टंक वुढाथोकीको कथा रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । फिल्ममा विष्णु माया मैनालीको लगानी रहनेछ । जीपी संग्रौला, लक्ष्मी गिरी, विवेक नेपाल, विजया पाण्डे सह–निर्माता रहेको फिल्ममा मिनु शर्मा कार्यकारी निर्माताको रुपमा छिन् ।

यो फिल्ममा टंकको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।