‘कर्मा’मा विपिनको गज्जबको लुक्स

नायक विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै फिल्म ‘कर्मा’को फस्टलुक रिलिज गरिएको छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा विभिन्न भिन्न अवतारमा देखिएका छन् ।

उनले, यसअघि यस्तो गेटअपमा फिल्ममा काम गरेका थिएनन् । यसैले, पनि विपिनको गेटअपले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । विपिनलाई कालो जिन्स र सुगठित शरीरमा देखाइएको छ । हातमा उनको सर्ट गन छ । यसले, उनी फिल्ममा बदलाको भावनाले ओतप्रोत भएको वुझ्न सकिन्छ ।

यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘अगस्त्य’मा सौगात मल्ललाई पनि भिन्न गेटअपमा प्रस्तुत गरेका थिए । यो फिल्ममा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव लगायतको अभिनय छ ।

फिल्ममा मुकुन भुषाल नेगेटिभ भूमिकामा छन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा बसन्त लम्सालको लगानी छ ।